१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

असार २५ गतेदेखि ६३ हजार कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्दै यूनाइटेड अजोड इन्स्योरेन्स

१८ असार, काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले जेठ २९ गतेदेखि असार ८ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखिएको अवितरित हकप्रदमा आवेदन नपरेको संस्थापक तर्फको ६३ हजार ८४७ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले यही असार २५ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।

dainiki.com

 यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ । लगानीकर्ताले साउन १ गतेसम्म बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

 लगानीकर्ताले लक्ष्मी सनराइज क्यापिटल, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु, विराटनगर, जनकपुर, विरगञ्ज,हेटौडा, नारायणगढ,पोखरा, बुटवल, नेपालगञ्ज, विरेन्द्रनगर र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।

प्रकाशित मिति : July 2, 2026 at 9:21 am