१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

लक्ष्मी सनराइज बैंकसहित कम्पनीमा झुम्मिए लगानीकर्ता

१७ असार, काठमाडौं । साताको तेस्रो कारोबारकाे दिन बुधबार नेप्से परिसूचक बढेर बन्द भएको छ। पछिल्ला सात कारोबारकाे दिनदेखि निरन्तर घटिरहेको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।यस दिन नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ विन्दुमा पुगेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३६२ कम्पनीकाे ५६ हजार ८५० पटकको कारोबारमा ३ अर्ब ८६ करोड ११ लाख ८३ हजार रुपैयाँबराबरको ९५ लाख ४७ हजार कित्ता सेयर काराेबार भएकाे छ । बुधबार २५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

यस दिन लक्ष्मी सनराइज बैंककाे सर्वाधिक काराेबार भएकाे छ । सो बैंकको यस दिन २८ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्स १७ करोड ५१ लाख ५ हजार,आँखु खोला जलविद्युत कम्पनीको १७ करोड २६ लाख ८६ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १६ करोड ३७ लाख ७७ हजार रुपैयाँ र एनआइएम्बि डिबेञ्चर २०९० को १४ करोड १२ लाख ६२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : July 1, 2026 at 3:29 pm