रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ
१७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन् । काठमाडौंको बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा सभापति रवि लामिछानेले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए ।

गत असार ७ गतेदेखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न प्रथम महाधिवेशनबाट ६ पदाधिकारी तथा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । सभापति लामिछानेले भने महाधिवेशनस्थलै शपथ लिएका थिए। शपथग्रहणपछि आजै केन्द्रीय समिति बैठक बस्ने तयारी छ।
प्रकाशित मिति : July 1, 2026 at 1:26 pm









