नेप्सेमा दुई कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?
१७ असार, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । नेप्सेमा सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।
सानिगाड हाइड्रोको २ करोड ५८ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । जसमध्ये सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री गरिएको ८५ लाख ५० हजार कित्ता र कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता सेयर सूचीकृत भएको हो ।

त्यस्तै कालंगा हाइड्रोको कुल १ करोड ४० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसमध्ये आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरिएको ४९ लाख कित्ता र कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको ९१ लाख कित्ता सेयर रहेको छ ।
पहिलो कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र कालंगा हाइड्रोलाई प्रतिकित्ता न्यूनतम ९८.५६ रुपैयाँदेखि अधिकतम २९५.६८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । यी दुई कम्पनीको आईपीओ भाेलि बिहीबारदेखि कारोबारमा आउनेछ ।
प्रकाशित मिति : July 1, 2026 at 12:47 pm









