५ श्रावण २०८३, मंगलबार | Tue Jul 21 2026

३५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

१६ असार, काठमाडाैं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता रहेका कारण केन्द्रीय बैंकले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ क’ नामक ऋणपत्र (१ वर्षे) जारी गर्न लागेको हो ।

यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्। आज मध्याह्न ३ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ। बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण हुनेछ। यसको साँव भुक्तानी २०८४ असार १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ।

dainiki.com

यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो ऋणपत्र राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिनेछ।

प्रकाशित मिति : June 30, 2026 at 10:45 am