सांग्रिला डेभलपमेन्ट बैंकको सेयर बिक्रीमा, क-कसले किन्न पाउछन् ?
१६ असार, काठमाडौं। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार २७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

संस्थापक सेयरधनीले काठमाडौंको बालुवाटारमा रहेको बैंकको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको कित्ता संख्या र दर उल्लेख गरी निवेदन पेश गर्नुपर्नेछ । साथै, तोकिएको समयअवधिभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रकाशित मिति : June 30, 2026 at 9:20 am









