१५ असार २०८३, सोमबार | Mon Jun 29 2026

प्राइम बैंकको एकल ऋण लगानीमा अरुण खोला जलविद्युत आयोजना निर्माण गर्न कर्जा सम्झौता

१५ असार, काठमाडाैं। प्राइम कर्मसियल बैंक लिमिटेडले हिमालयन इञ्जिनियरिङ्ग एण्ड इनर्जीद्वारा प्रवर्धन गरेको २ मेगावाट क्षमताको अरुणखोला दुई जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता गरेको हो।

आज सम्झौता पत्रमा बैंकका तर्फबाट डिपुटी जनरल मेनेजर नारायणप्रसाद श्रेष्ठ र कम्पनीका तर्फबाट सञ्चालक अध्यक्ष ओम प्रसाद भट्टराईले हस्ताक्षर गरेका हुन। यस परियोजनाको अनुमानित लागत ४८करोड ६४ लाखमा बैंकले ६१.६६:३८.३४को अनुपातमा ऋण ३० करोड र बाँकी लागत प्रवर्धक कम्पनीहरुबाट जुटाइने उल्लेख गरिएको छ ।

उक्त आयोजनाबाट सुख्खायाममा ४.८६४ र वर्षायाममा ८.३१९ गरी जम्मा१३.१८ गिगावाट विद्युत उत्पादन गर्ने जनाएको छ । यो आयोजना पन्ध्र महिना भित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : June 29, 2026 at 6:11 pm