१ भदौ २०८३, सोमबार | Mon Aug 17 2026

१६.५४ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

१५ असार, काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ।गत साताको पहिलो कारोबारकाे दिनदेखि घटिरहेको नेप्से यस दिन घटेकाे हाे । सोमबार नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा झरेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। यस दिन ३५१ कम्पनीकाे ४४ हजार ९४२ पटकको कारोबारमा २ अर्ब ६७ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको ७६ लाख ९९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

यस दिन चार कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन टक्सार पिखुवा खोला हाइड्रोपावर, याम्बालिङ्ग हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेकाे हो। स्वाभिमान लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन सबैभन्दा बढी ५.८३ प्रतिशत घटेको छ।

ग्लोबल आइएमई बैंककाे यस दिन सर्वाधिक काराेबार भएकाे छ ।  बैंकको यस दिन ८ करोड ८३ लाख ६२ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : June 29, 2026 at 3:19 pm