प्रि ओपन सेसनमा साढे ५ अंकले घट्यो नेप्से
१५ असार, काठमाडौं । साताको पहिलो कारोबारकाे दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंकले घटेको छ। यस दिन सो सेसनमा नेप्से ५.६९ अंकले घटेर २६४३.८१ विन्दुमा झरेको छ।
सोमबार प्रि ओपन सेसनमा ४० स्टकको ७० पटकको कारोबारमा १ करोड २६ लाख ९४ हजार ६९५ रुपैयाँ ६० पैसाबराबरको २९ हजार ८९८ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 29, 2026 at 11:03 am









