१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

जनता असन्तुष्ट हुने गरी हामीले कुनै बदमासी गरेका छैनौँः ओली

१४ असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको बताएका छन्। जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्ताे बताएका हुन् ।

dainiki.com

‘हामीमाथि अनेक प्रकारका आरोपहरू लगाइए । जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी वा नराम्रो काम गरेकै छैनौँ,’ उनले भने, ‘हाम्रा केही कमीकमजोरी रहे होलान्, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो । हामीले देश बर्बाद पारेनौँ, बरु अगाडि बढायौँ ।’

ओलीले देशविरुद्ध प्रतिक्रियावादी शक्तिहरू सल्बलाएको उल्लेख गर्दै त्यसलाई परास्त गर्ने दाबी गरे । ‘हामी मरेका छैनौं, फेरि उठ्छौं र प्रतिक्रियावादीहरूलाई परास्त गर्छौं,’ ओलीले भने, ‘धुलो टक्टक्याउँदै उठ्छौं । अग्रगामी परिवर्तनतर्फ अघि बढ्छौं ।’

प्रकाशित मिति : June 28, 2026 at 5:20 pm