१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्नु हाम्रै कमजोरी होः झलनाथ खनाल

१४ असार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसक्ने कमजोरी आफूहरूभित्रै रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

dainiki.com

उनले भने, ‘कसले हत्या गरेका थिए? ती कुराहरूलाई आजसम्म पनि पत्ता लगाउन नसक्ने कमजोरी हामी भित्रै छ।’ उनले भने ‘उहाँमाथि जुन हत्याको षड्यन्त्र रचियो, नेपालको कम्युनिस्ट आन्दोलनलाई निस्तेज पार्ने षड्यन्त्र हो । यो सिंगो कम्युनिस्ट आन्दोलनमाथि षड्यन्त्र जारी छ।’

प्रकाशित मिति : June 28, 2026 at 3:24 pm