१४ असार २०८३, आइतबार | Sun Jun 28 2026

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घट्न अझै केही समय लाग्नेछः अर्थमन्त्री वाग्ले

१४ असार, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मध्यपूर्व द्वन्द्वका कारण बढेको डिजेल, पेट्रोल लगायतका इन्धनको मूल्य अब घट्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब मूल्य घटने बताएका हुन्।

dainiki.com

उनले भने, ‘केही समय लाग्छ, इन्धन अब भारतीय आयल निगम मार्फत हामीले आयात गर्ने गरेका छौँ। एडजस्ट भएर आउनको लागि केही समय लाग्ला। मूल्य अब घट्नेवाला छ।’

उनका अनुसार पछिल्लो समय मध्यपूर्वमा देखिएको भू–राजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको थियो, जसको असर नेपालमा पनि परेको हो।सो प्रभाव न्यूनीकरण गर्न सरकारले कर नीतिमा अस्थायी सहुलियत लागू गरेको उनले जानकारी दिए। अर्थमन्त्री वाग्लेले आफू पदभार सम्हालेको दुई हप्ताभित्रै डिजेल, पेट्रोल र मट्टितेलको पैठारीमा लाग्ने भन्सार महसुल तथा पूर्वाधार विकास करमा ५० प्रतिशत छुट दिइएको उल्लेख गरे।

प्रकाशित मिति : June 28, 2026 at 2:26 pm