१८ वर्षमुनिका बालबालिकालाई रास्वपाले पार्टी सदस्य बनाएको भन्दै कांग्रेसले उठायो प्रश्न
१४ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै नेपाली कांग्रेसले प्रश्न उठाएको छ । आजको प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाले १८ वर्ष मुनिका ३५ हजार २ सय ५७ जनालाई पार्टी सदस्य बनाएको पाइएको बताएकी हुन्।

‘रास्वपाको सदस्यता लिनेको फेहरिस्त हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार हजार २५७ हुनुहुँदो रहेछ । औपचारिक रुवपमा नै घोषणा गरिएको यो सवालप्रति कांग्रेसको ध्यान गएको छ’ उनले भनिन् । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। उनले ‘रास्वपा संविधानभन्दा माथि छ ?’ भन्दै प्रश्न गरेकी छिन् ।
उनले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नमिल्ने पनि बताइन्।
प्रकाशित मिति : June 28, 2026 at 12:04 pm









