प्रतिनिधिसभामा विपक्षी दलहरूको उठेर विरोध
१४ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षीहरूले उठेर विरोध गरेका छन् । सभामुख डीपी अर्यालले सदन अगाडि बढाउनासाथ विपक्षी दलका सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका हुन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टीका सांसदहरूले उठेर विरोध गरेका हुन् । अहिले सभामुख अर्यालले कांग्रेस सांसद रेनुका काउचालाई बोल्न समय दिएका छन् ।
प्रकाशित मिति : June 28, 2026 at 11:38 am









