सडकदेखि सदनसम्म एमालेसँग सहकार्य हुन्छः प्रचण्ड
१२ असार, काठमाडाैं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग सदन, सडक र आगामी निर्वाचनमा समेत सहकार्य हुने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।

‘अहिले सदनमा बलियो उपस्थिति जनाउन पनि सहकार्य आवश्यक भएको छ। सडकमा पनि सहकार्य हुन्छ ’, उनले भने । तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यको वातावरण भने बनिसकेको र यो कुरा छलफलबाट निष्कर्षमा पुगेको उनको भनाइ छ।
उनले यसलाई आफ्नो जीवनको ‘अन्तिम क्रमभङ्ग’ भन्दै यसका लागि कार्यकर्ताहरूलाई तयार रहन आग्रह गरेका थिए।
प्रकाशित मिति : June 26, 2026 at 5:54 pm









