एउटै मञ्चमा देखिँदैछन् ओली, प्रचण्ड,माधव र झलनाथ
१२ असार, काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल एउटै मञ्चमा देखिने भएका छन् ।
पूर्व राष्ट्रपति विद्या भण्डारीकाे प्रमुख आतिथ्यमा असार १४ गते आइतबार मदन भण्डारीको ७५ औँ जन्मोत्सवको अवसरमा मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा चार पूर्वप्रधानमन्त्री एकै मञ्चमा भेटिने भएका हुन् । उक्त कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहभागी हुनेछन् ।

प्रकाशित मिति : June 26, 2026 at 5:13 pm









