प्रधानमन्त्री ओलीले धुम्बाराही पुगेर सांसद ओलीप्रति श्रद्धाञ्जली व्यक्त गरे (फाेटाेफिचर)
१० फागुन, काठमाडौं । उपचारका क्रममा मृत्यु भएका प्रदेश ५ का सांसद उत्तरकुमार ओलीकाे पार्थिव शरिरमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत नेकपा नेताले श्रद्धाञ्जली अर्पण गरेका छन । सांसद ओलीकाे पार्थिव शरीर बिहान नेकपाकाे केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएकाे थियाे । गएराति उपचारका क्रममा ओलीको निधन भएको थियाे ।
केही दिन पहिले दाङमा भएको कार दुर्घटनामा गम्भीर घाइते भएका सांसद ओलीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सांसद ओली दुर्घटना भएको १६ दिनसम्म कोमामै रहेका र उपचारको क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ।

दाङको तुलसीपुरबाट विरगञ्जतर्फ जाँदै गरेको ना५ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ आउँदै गरेको बा१८च ६८३६ नम्बरको ओली सवार कार घोराही उपमहानगरपालिका-३ अन्तर्गत मुसोटको चिसापानी नजिक बेलुकी अपरान्ह करीब ४ बजे एकआपसमा ठोक्किएर दुर्घटना हुन पुगेको थियो।
सांसद ओली दाङ क्षेत्र नम्बर ३ ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १४:४६












