मातृभूमी लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
१२ असार, काठमाडौं । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले यस वर्ष आफ्ना सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गर्दै सेयरधनीहरुको हात खाली बनाएको हो ।

असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो। साथै, उक्त बैठकले यस आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय समेत गरेको छ।
प्रकाशित मिति : June 26, 2026 at 3:11 pm









