विपिनलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
१२ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिएकी रञ्जु दर्शनाले आफ्नो उम्मेदवारी फिर्ता लिएकी छन्। उनले महामन्त्री पदका उम्मेदवार विपिनकुमार आचार्यलाई समर्थन जनाउँदै उम्मेदवारी फिर्ता लिएकी हुन्।
यसअघि चार महामन्त्रीका उम्मेदवारहरु गणेश पराजुली, प्रमोद न्यौपाने, कविन्द्र बुर्लाकोटी र जगदिश खरेलले सामूहिक निर्णय गरेर विपिनलाई समर्थन गर्ने घोषणा गरेका थिए । अर्का उम्मेदवार राजु पाण्डेले पनि उम्मेदवार फिर्ता गरेका छन् ।

महमन्त्री पदमा सुरूमा १० जनाले उम्मेदवारी दिएका थिए। अब ४ जनाबीच प्रतिस्पर्धा हुने देखिएको छ। मनिष झा, विपिन आचार्य, गणेश कार्की र सागर ढकालबीच प्रतिस्पर्धा हुन लागेको हो।
प्रकाशित मिति : June 26, 2026 at 1:44 pm









