ओम मेगाश्री फर्मास्युटिकल्सले बोलायो विशेष साधारण सभा
१२ असार, काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले विशेष साधारण सभा बोलाएको छ । असार ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही असार २८ गते चितवनमा रहेको कम्पनी उद्योगको परिसरमा बिहान ९ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गर्ने, प्राप्ति सम्बन्धमा हालसम्म भएका काम कारवाही,प्रक्रिया तथा आवश्यक कार्यहरु अनुमोदन गर्ने, डिडिए प्रतिवेदन लगायत सोसँग आवद्ध सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन तथा सेयर स्वाप अनुपात स्वीकृत गर्ने, प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत पूँजी, जारी पूँजी, चुक्तापूँजी, सेयर संरचना, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो संशोधन गर्ने प्रस्ताव पारित गर्ने र प्राप्ति सम्बन्धी अन्य सबै विषय अनुमोदन गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरुले मात्रै सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : June 26, 2026 at 12:18 pm









