१२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026

कतिमा भयो स्नो रिभर्सको पहिलो कारोबार ?

१२ असार, काठमाडौं । स्पेशल प्रि ओसन सेसनमा स्नो रिभर्सको सेयरको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको सेयर प्रतिकित्ता २९८ रुपैयाँ ७० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको थियो। आजको स्पेशल प्रि ओपन सेसनमा सो कम्पनीको पहिलो कारोबार भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

dainiki.com

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको थियो। सोही रेञ्जका आधारमा यस दिनको स्पेशल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएको हो।

प्रकाशित मिति : June 26, 2026 at 11:17 am