पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि सुरु हुने
१२ असार, काठमाडौं। पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २६ गते शुक्रबारदेखि एकीकृत कारोबार सञ्चालन गर्ने भएका छन् । मर्जरपछि दुवै संस्थाको संयुक्त कारोबार ‘पोखरा फाइनान्स लिमिटेड’को नामबाट सञ्चालन हुनेछ।

एकीकृत कारोबारका लागि डाटा माइग्रेसनलगायत प्राविधिक कार्य गर्नुपर्ने भएकाले असार २५ गते एक दिनका लागि दुवै संस्थाका केन्द्रीय कार्यालय तथा सबै शाखाबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ । मर्जरपछि समृद्धि फाइनान्सको अन्तिम दिनसम्म कायम रहेका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य सम्भावित दायित्व पोखरा फाइनान्सले व्यहोर्नेछ । मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकमा रहनेछ, जुन पहिले समृद्धि फाइनान्सको कार्यालय रहेको स्थान हो।
प्रकाशित मिति : June 26, 2026 at 10:29 am









