१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?

११ असार, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्नो रिभर्स लिमिटेडको आईपीओ सूचीकृत भएको छ।  नेप्सेमा कम्पनीको सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७५ लाख कित्ता सेयर गरी कुल ९३ लाख ७५ हजार कित्ता नेप्सेमा सूचीकृत भएको हो।

dainiki.com

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। अब कम्पनीको सेयर भोली शुक्रबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ।

प्रकाशित मिति : June 25, 2026 at 1:57 pm