सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, कतिले पाए सेयर ?
११ असार, काठमाडाैं । सर्वोत्तम पेन्ट्स ईष्डष्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले गत जेठ २८ गतेदेखि असार २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलको नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बाँडफाँड भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित दरका ७ लाख ५ हजार ५ सय कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २८ लाख ९४ हजार २३२ आवेदन परेको छ । यसमध्ये २८ लाख ५० हजार २५ आवेदन सदर भएको छ । भने ४४ हजार २०७ वटा आवेदन भने बदर भएको छ ।
आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ गोलाप्रथा विधिबाट बाँडफाँड गरिएको छ। गोलाप्रथाबाट बाँडफाँड गर्दा ७० हजार ५ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।
प्रकाशित मिति : June 25, 2026 at 9:43 am









