हिमालयन पावर पार्टनरले बोलायो साधारण सभा, यस्ता छन् प्रस्ताव
११ असार, काठमाडौं। हिमालयन पावर पार्टनर लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ३२ गते काठमाडौंको बालुवाटारमा रहेको आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे साधारण सभा बोलाएको हो ।
सभामा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्ग गरेको आर्थिक सहयोगलाई अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र यससम्बन्धमा नियमनकारी निकायबाट कुनै आवश्यक संशोधन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै सभामा गत आवका वार्षिक प्रतिवेदन तथा उक्त अवधिको सम्पूर्ण वित्तीय विवरण पारित गर्ने, चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैठकले असार १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ असार १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : June 25, 2026 at 9:28 am









