हकप्रद निष्कासनकाे प्रस्ताव पारित गर्न नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारण सभा
११ असार, काठमाडाैं। नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा बाेलाएकाे छ । असार १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले असार ३२ गते मभ्यपूर थिमीमा रहेको ह्वाइट प्यालेस ब्याङ्क्वेटमा बिहान ११ बजे १९ औं साधारण सभा आह्वान गरेको हो ।
सभामा १ः०.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा समयसामयिक परिवर्तन गर्ने र नियामक निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

यस्तै लेखापरीक्षकको प्रतिवेदनसहित चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्तीबारे जानकारी गराउने र एकजना संस्थापक सञ्चालकको नियुक्तीलाई अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै उक्त सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : June 25, 2026 at 9:20 am









