१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेसनल अस्पतालमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने

१० फागुन, काठमाडौँ । अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेसनल अस्पतालमा उपचार गर्दा १५ प्रतिशत छुट पाउने भएका छन् । माछापुच्छ्रे बैंक र चिरायू नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएपछि बैंकका ग्राहकले उक्त सुबिधा पाउने भएका हुन् ।

माछापुच्छ्रे बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा चिरायू नेसनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेसनल अस्पतालका सेवामा १५ प्रतिशत सम्मको छुट पाउनेछन् ।

बैंकका ग्राहकले छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन् ।

बैंकले आफ्ना ९३ वटा शाखा लगायत ६२ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा १ सय ५५ स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । बैंकको देशभर १ सय १५ वटा एटीएम सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार १०:३९