नेप्से घट्ने क्रम जारी, ४ अर्ब ४१ करोडको कारोबार
१० असार, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । यस दिन नेप्से १४.४५ अकंले घटेर २६६०.०२ बिन्दुमा कायम भएको छ । आज ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड ८६ लाख रुपैयाँको कारोबार भएको हो ।
बुधबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने २०२ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो । टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरको सेयरमा यस दिन पनि सकारात्मक सर्किट लागेकाे छ ।
सोपान फर्मास्यूटिकल्सको सेयरमूल्य यस दिन सर्वाधिक ५.०५ प्रतिशत घटेको छ। यस दिन आँखु खोला जलविद्युत कम्पनी काे सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन २९ करोड ६२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
प्रकाशित मिति : June 24, 2026 at 3:16 pm









