लाभांश पारितको प्रस्तावसहित यूनाइटेड अजोड इन्स्योरेन्सले बाेलायाे साधारण सभा
१० असार, काठमाडौं। यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सञ्चालक समितिको ८३ औं बैठकले असार ३१ गते काठमाडौंको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान साढे १० बजेदेखि ३२ औँ वार्षिक साधारण सभा बोलाएको हो ।उक्त सभामा आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरिएको ४.२८५७ प्रतिशत बोनस सेयर र ०.२२५६ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै, बोनस सेयरपश्चात कम्पनीको जारीपूँजी २ अर्ब ६४ करोड पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवतरण सहित अनुसूचीहरु पारित गरिनेछ। यसैगरी लेखापरीक्षकको नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसकाे अर्थ असार १८ गतेसम्म कायम सेयरधनीहरुले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन सक्नेछन् ।
प्रकाशित मिति : June 24, 2026 at 9:29 am









