रास्वपाको सभापतिमा दोस्रो कार्यकालका लागि रवि लामिछाने निर्वाचित
९ असार, चितवन । वरिष्ठ नेता बालेन शाहको प्रस्तावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वाप)को सभापतिमा रवि लामिछाने सर्वसम्मत भएका छन । प्रथम महाधिवेशनबाट लामिछाने सभापतिमा सर्वसम्मत भएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए ।

रविलाई सभापतिमा निर्वाचित गर्ने बालेनको प्रस्तावमा र अन्य ५१ जना नेताले समर्थन जनाएका छन । रास्वपाको बाँकी नेतृत्व चयनका लागि भोलि बिहान ९ बजेबाट मतदान हुने जनाइएको छ ।
प्रकाशित मिति : June 23, 2026 at 9:59 pm









