माइक्रोबसबाट झरे विष्णु पाैडेल अब अदालत लगिने
९ असार, काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेललाई प्रहरीले माइक्रोबसबाट काठमाडौँ ल्याइपुर्याएको छ । गृहमन्त्री सुधन गुरूङको आदेश अनुसार नै पौडेललाई माइक्रोबसबाट काठमाडौँ ल्याइएको हो । पाैडेललाई सम्पत्ति शुद्धिकरण विभागमा उपस्थित गराइएको छ । केहीबेरमा अदालत लगिनेछ ।
विचौलिया दीपक भट्टसँग कारोकार देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि प्रहरीले सुर्खेतबाट पक्राउ गरेको थियो । पौडेललाई सुर्खेतबाट प्रहरी भ्यानमा नेपालगञ्ज पुर्याएको भए पनि नेपालगञ्जबाट माइक्रोबसमा राखेर काठमाडाैँ ल्याइएको हो ।

पौडेललाई अब विशेष अदालतमा उपस्थित गराइनेछ । अदालतको म्याद थपपछि पौडेललालाई हिरासतमा राखिनेछ । पाैडेल यसअघि निर्वाचनमा भारी मतान्तरमा पराजित भएपछि हवाइयात्रा नगरी स्कोरपियो चढेर काठमाडाैँ हिँडेका थिए । उनले त्यस समय काटेको टिकट समेत क्यान्सिल गराएका थिए ।
प्रकाशित मिति : June 23, 2026 at 12:40 pm









