कायममुकायम सीईओमा नियुक्त भएको एक सातामै हिमालयन रिइन्स्योरेन्सका कपुरको राजीनामा
९ असार, काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीमा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएको एक सातामै मुकेश कुमार कपुरले पदबाट राजीनामा दिएका छन् ।
असार २ गते बसेको कम्पनीकाे सञ्चालक समितिको बैठकले कपूरलाई कायममुकायम सीईओको जिम्मेवारी प्रदान गरेको थियो। तर जिम्मेवारी सम्हालेको एक साता नपुग्दै उनले पदबाट राजीनामा दिएका हुन्।

उनले असार ८ गते सोमबार आफ्नो नायब प्रमुख कार्यकारी अधिकृत तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतको पदबाट राजीनामा दिएका हुन् ।
प्रकाशित मिति : June 23, 2026 at 12:14 pm









