९ असार २०८३, मंगलबार | Tue Jun 23 2026

एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक

९ असार, काठमाडौं । नेकपा एमालेले संसदीय दल र केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमालेले आज दिउँसो २ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।बैठक पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्ने एमाले सचिवालयले जनाएको छ ।

dainiki.com

साथै, संसदीय दलको बैठकपछि एमालेले पार्टी सचिवालय बैठक पनि बोलाएको छ । सचिवालय बैठक साँझ ६ बजे अध्यक्ष केपी ओलीको गुन्डुस्थित निवासमा बस्ने एमाले सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : June 23, 2026 at 11:45 am