२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

तपस्वी रामबहादुर बम्जन गायब, उनकाे बारेमा प्रहरी नै अनभिज्ञ

१० फागुन, काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले तपस्वी रामबहादुर बम्जन कहाँ छन् भन्ने जानकारी नभएकाे प्रहरीले बताएकाे छ । तवस्वी बताउने बम्जनमाथि विभिन्न आरोप लागेपछि उनी पछिल्लो पटक चर्चामा आएका थिए । बम्जनका अनुयायीले भने उनी सिन्धुलीस्थित आश्रममा भएको दाबी गर्दै आएका छन् ।

बम्जनमाथि अनुसन्धान जारी रहे पनि उनी कहाँ छन् भन्ने यकिन नभएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ । आश्रमभित्र अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुव्र्यहार भएको जस्तो आरोप लागेपछि बम्जन सार्वजनिक भएका छैनन् । गत माघ ६ गते ३ महिने मैत्री धर्म प्रज्ञा प्रशिक्षण समापन विश्व शान्ति महामैत्री पूजाको कार्यक्रममा बम्जनले सम्बोधन गर्ने कार्यक्रम थियो तर उनी सुरक्षा चुनौती रहेको भन्दै सार्वजनिक भएका छैनन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७५, शुक्रबार ०८:०६