१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

कतिमा भयो याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको पहिलो कारोबार ?

८ असार, काठमाडौं । याम्बालिङ्ग र टक्सार पिखुवा खोला हाइड्रोपावरको सेयरको पहिलो कारोबार भएको छ। स्पेशल प्रि ओसन सेसनमा यस दिन यी कम्पनीहरुको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो।

यी कम्पनीहरुको सेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो। आज स्पेशल प्रि ओपन सेसनमा यी कम्पनीहरुको पहिलो कारोबार भएको हो। अब यी कम्पनीहरूको सेयर नियमित बजारमा कारोबार गर्न सकिनेछ।

dainiki.com

याम्बालिङ्ग हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको २८ लाख कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता शेयर गरी कुल ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। त्यस्तै, टक्सार पिखुवा खोला हाइड्रोपावरले सर्वसाधारणमा वितरण गरेको ४२ लाख ३० हजार ६६८ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७७ लाख ६९ हजार ३३२ कित्ता सेयर गरी कुल १ करोड २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। पहिलो कारोबारका लागि नेप्सेले यी कम्पनीहरुलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

प्रकाशित मिति : June 22, 2026 at 10:56 am