एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने
८ असार, काठमाडौं। एक्सेल डेभलपमेन्ट बेंकले लाभांश नदिने निर्णय गरेको छ । बैंकको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गर्दै निराश बनाएको हो ।

बैठकले उक्त आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट कुनैपनि लाभांश वितरण नगर्ने र उक्त अवधिको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : June 22, 2026 at 10:34 am









