७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रधानमन्त्री बालेनले भनेः यही कार्यकालमा सुकुमवासी र सहकारी समस्या समाधान गर्छौं

७ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता एवम् प्रधानमन्त्री वालेन्द्र शाहले यही कार्यकालमा सुकुमवासीदेखि सहकारी समस्या समाधान गर्ने बताएका छन् । चितवनको भरतपुरमा आजदेखि सुरु भएके प्रथम महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

dainiki.com

प्रधानमन्त्री शाहले भने, ‘हामीले यही कार्यकालमा सुकुमवासी समस्या समाधान गर्छौं । यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौं । अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौं । अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो ।’

प्रकाशित मिति : June 21, 2026 at 6:09 pm