२७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

काजी कालु पाण्डेको समाधीस्थल मेराे तीर्थस्थल: प्रधानमन्त्री ओली

९ फागुन, काठमाडौं । काजी कालु पाण्डेको समाधीस्थल दहचोक आफ्नाेलागि र नेपालीका लागि तीर्थस्थल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले  बताएका छन् । बिहीबार काजी दहचोकमा पाण्डेको पूर्णकदको शालिक अनावरण गर्दै ओलीले हरेक वर्ष पान्डेलार्इ श्रद्धाञ्जली व्यक्त गर्न दहचाेक पुग्ने पुग्ने बताएका छन् ।

समाधीस्थलमा तेस्रो इन्द्रदह पर्यटन महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले दहचोकलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले नेपाल एकीकरणका एक सारथी पाण्डेले ४४ बर्षको उमेरमा नेपाल एकीकरणका लागि जीवन आहुती दिएर असाधारण योगदान गरेको प्रधानमन्त्री ओलीले बताए ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार १९:५१