प्रधानमन्त्रीलाई कालो ड्रेस लगाउन रोक्न विपक्षीले ऐनको माग गर्न बेर छैनः सिके राउत
७ असार, काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहको तारिफ गरेका छन्।आजदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै उनले प्रधानमन्त्री शाहको प्रशंसा गरेका हुन्।

उनले प्रधानमन्त्री बालेन स्टाइलिस्ट भएको बताउँदै कालो लुगा लगाउन रोक्न माग गर्दै विपक्षीले ऐनकै माग गर्न सक्ने बताएका हुन्। राउतले भने, ‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो । हाम्रो देशमा पनि विपक्षीले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नपाउने भनेर ऐन ल्याउन माग गर्न बेर छैन ।’ उनले मधेसको छोरालाई प्रधानमन्त्री बनाएकोमा धन्यवाद समेत दिए।
प्रकाशित मिति : June 21, 2026 at 4:36 pm









