काठमाडाैँकाे मैत्रीनगरमा महिला मृत भेटिइन्
९ फागुन, काठमाडौं । राजधानीको कीर्तिपुर नगरपालिका-२ मैत्रीनगरमा एक महिला मृत फेला परेकी छन् । मैत्रीनगरमा टहरामा बस्दै आएकी सोलुखुम्बु लिखुपिके गाउँपालिका-५ घर भएकी ३२ वर्षीया समिता बस्नेत सोही ठाउँमा बिहीवार दिउँसो मृत फेला परेकी प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार १८:२१












