७ असार २०८३, आइतबार | Sun Jun 21 2026

प्रभु महालक्ष्मी लाइफको १५ लाख १४ हजार कित्ता सेयर बिक्रीमा

७ असार, काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिद आवेदन दिन पाउने छन् । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

dainiki.com

साथै, निर्धारित समयभित्र विद्यमान संस्थापक सेयण्रधनीहरूबाट उक्त सेयर खरीदका लागि कुनै पनि निवेदन प्राप्त नभएमा प्रचलित कानून र नियमबमोजिम सो सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : June 21, 2026 at 1:09 pm