नेप्सेमा झिनो अंकको सुधार, ४ अर्ब ५३ करोडको कारोबार
५ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्सेमा झिनो अंकको सुधार आएको छ। शुक्रबार नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ३५३ कम्पनीकाे ६१ हजार १७० पटकको कारोबारमा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ९ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज ११६ कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको घटेको छ । १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । यस दिन एपोलो हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३३ करोड ११ लाख २२ हजार रुपैयाँ बराबरको ऋणपत्र कारोबार भएको छ।
प्रकाशित मिति : June 19, 2026 at 3:20 pm









