१८ आश्विन २०८१, शुक्रबार | Sat Oct 5 2024

चलिरहेकाे वाणिज्य बैंकका अध्यक्षहरुको बैठक बिचैमा किन भयाे स्थगित

९ फागुन, काठमाडौँ । वाणिज्य बैंकका अध्यक्षहरुको बैठक स्थगित भएकाे छ ।  उद्योगी व्यवसायीले बैंककाे ब्याजदरलाई लिएर लगाएको आरोपबारे छलफल गर्न बसेको वाणिज्य बैंकका अध्यक्षहरुको बैठक स्थगित भएकाे हाे ।

काठमाडाैँकाे एक होटलमा भइरहेको बैंक अध्यक्षहरुको बैठक नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीको फोनपछि स्थगित भएकाे हाे । अधिकांश बैंकका अध्यक्ष र सञ्चालक सहभागी भएकाे बैठकमा बैंकका अध्यक्ष र सञ्चालकहरुलाई ब्रिफिङ गर्न बैंकका प्रमुख कार्यकारी अधिकृतहरु उपस्थित थिए ।

बैठक चलिरहेकाे समयमा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई राष्ट्र बैंकबाट फोन अाएपछि बैठक स्थगित भएकाे बैठकमा सहभागी एक जनाले जानकारी दिए । राष्ट्र बैंकको फोन आएपछि बैंकर्स संघका अध्यक्ष बाहिरिएपछि बैठक बिना निष्कर्ष स्थगित भएकाे हाे ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार १७:२४