५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही

५ असार, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताएका छन् ।

dainiki.com

प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गरे । उनले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताए । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गराए ।

प्रकाशित मिति : June 19, 2026 at 1:05 pm