प्रि ओपन सेसनमा ११ अंकले बढ्यो नेप्से
५ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ११ अंकले बढेको छ। यस दिन सो सेसनमा नेप्से १०.९९ अंकले बढेर २७११.४६ विन्दुमा पुगेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ७४ स्टकको ९९ पटकको कारोबारमा १ अर्ब २० करोड ५१ लाख ३० हजार ६५५ रुपैयाँ ८० पैसाबराबरको १० लाख ६३ हजार ७३९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : June 19, 2026 at 11:04 am









