एभरेष्ट कलरको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त
५ असार, काठमाडाैं। एभरेष्ट कलर लिमिटेडको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार मुक्तिनाथ क्यापिटललाई सेयर रजिष्ट्रार नियुक्त गरिएको हो ।

सेयर रजिष्ट्रारमा नियुक्तभएसँगै अब कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य लगायत सेयर रजिष्ट्रार अन्तर्गतका सम्पूर्ण कार्यहरु मुक्तिनाथ क्यापिटलले गर्नेछ । एभरेष्ट कलरले जारी गरेको आईपीओ असार ४ गते बाँडफाँड भईसकेको छ ।
प्रकाशित मिति : June 19, 2026 at 9:32 am









