४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

नेप्सेमा झिनो अंकको गिरावट, दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट

४ असार, काठमाडौं । बिहीबार नेप्से परिसूचक झिनाे अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ५.०६ अंकले घटेर २७००.४७ विन्दुमा झरेको छ।  नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आज ३४७ कम्पनीको ७४ लाख ६८ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ७६ कम्पनीको सेयर मूल्य बढेको छ भने १८२ कम्पनीको घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । यस दिन दुई कम्पनीकाे सेयरमा सकारात्मक सर्किट लागेकाे छ। यस दिन एपोलो हाइड्रोपावर र सोपान फर्मास्यूटिकल्सको सेयरमा सकारात्मक सर्किट लागेकाे हो।  यस दिन आँखु खोला जलविद्युत कम्पनीको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३१ करोड ९८ लाख ४७ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ।

प्रकाशित मिति : June 18, 2026 at 3:31 pm