८ असार २०८३, सोमबार | Mon Jun 22 2026

संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति

४ असार, काठमाडौं। विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति गर्दै प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका हुन् ।

dainiki.com

प्रतिनिधि सभा नियमावली २०७९ को नियम २० को खण्ड (६) बमोजिम नियमापत्ति जनाउँदै महरले मन्त्रीहरूले नै संसद्को गरिमा घटाउने काम गरेको आरोप लगाए । नियमावलीको त्यो बुँदामा ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न नहुने’ व्यवस्था छ।  नेकपाका सांसद सांसद रमेश मल्लले बोलिरहेको समयमा दुई जना मन्त्री सभामुख र वक्ताको बीचबाट हिँडेको उनको भनाइ छ। महरले भने, ‘मन्त्रीज्यूहरू सरासर हिँडिरहनुभएको छ, यो नियम २० को खण्ड ६ विपरित छ। संसद्को गरिमा र मर्यादा कायम राख्नु हामी सबैको जिम्मेवारी हो, तर सरकारको त झन् बढी जिम्मेवारी हुन्छ।’

 उनले मन्त्रीहरूको व्यवहारप्रति आपत्ति जनाउँदै यस्ता घटना दोहोरिन नदिन सभामुखबाट आवश्यक रुलिङ गर्न माग गरे।

प्रकाशित मिति : June 18, 2026 at 12:40 pm