मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग
४ असार, काठमाडौं । श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई उपस्थित गराउन माग गरेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाहले आफै राखेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सदनमा रक्षामन्त्रीको खोजी गरेका हुन् ।

‘मन्त्रालयगत छलफलमा रक्षा मन्त्रालयबारे पनि छलफल गर्ने भनिएको छ, रक्षा मन्त्रीलाई मैले यहाँ देखेको छैन, उहाँलाई बोलाइयोस्’ उनले भने । साथै उनले प्रधानमन्त्री शाहले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पार्टीको माग कायमै रहेको बताए।
प्रकाशित मिति : June 18, 2026 at 12:06 pm









