४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

नेशनल हाइड्रो पावरले बाेलायाे साधारण सभा, यस्ता छन् प्रस्ताव

४ जेठ, काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडले साधारण सभा बोलाएको छ । असार ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असार ३१ गते काठमाडौंको कालिकास्थानमा रहेको अमृत भोग क्याटरिङमा सभा बोलाएको हो । सभा बिहान ११ बजेदेखि  सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणसँग सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक समेत अनुमोदन गर्ने प्रस्ताव पारित गरिनेछ ।

dainiki.com

यस्तै सञ्चालक समितिमा एक जना महिलासहित सात जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । असार १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन सक्नेछन् ।

प्रकाशित मिति : June 18, 2026 at 9:18 am